काठमाडौँ । आज सेयर बजार नेप्सेमा दोहोरो अकंको गिरावट आएको छ । आज (नेप्से) १९ दशमलब २० अकंले घटेर २८२९ दशमलब ६४ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि २ दशमलब ७१ अकंले घटेर ५२८ दशमलब ३७ विन्दुमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २३० कम्पनीको ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १०३ रुपैंया बराबरको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ४९ हजार ५३० पटक लेनदेन छ ।
कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैैंक, नविल बैंक, आईसीएफसी फाइनान्स, नेशनल हाईड्रोपावर, युनाइटेड मोदी हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा महालक्ष्मी विकास बैंक, नेशनल हाईड्रोपावर, युनाईटेड मोदी हाईड्रोपावर, नेपाल इन्फ्रास्टक्चर बैंक, अपी पावर कम्पनी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज नेप्सेमा दोहोरो अकंको गिरावट आउँदा पनि २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज साहस उर्जा कम्पनी र आईसिएफसी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सबै भन्दा धेरै गुमाउनेमा भने सर्पोट लघुवित्त, पाँचथर पावर कम्पनी, कालिका पावर, हिमालयन उर्जा कम्पनी, जोशी हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।








































