काठमाडौं, सोमबार, २२ कात्तिक २०७८ । काठमाडौ विजुलिबजारमा गुडिरहेको भ्यानमा साेमबार विहान एक्कासि आगो लागेको छ ।
कालिमाटी तरकारी लिन हिँडेको बा १ ज ९१९५ नम्बरको भ्यानमा एक्कासि आगो लागेको प्रहरिले बताएको छ ।
आगो स्थानीय र प्रहरिको सहयोगमा नियन्त्रणमा लिइएको छ। आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको प्रहरिको भनाई छ ।
पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरिको भनाइ छ ।
तर ,यसबारे थप अनुसन्धान हुने बताइएको छ ।









































