- ADVERTISEMENT -

रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा

November 6, 2021
346
Shares
- ADVERTISEMENT -

काभ्रे । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ ।

काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो ।पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुको मन रसाएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले उक्त म्युजिक भिडियो बिमोचन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुका साथै यस्ता भिडियोले समाजमा सकरात्मक सन्देश दिने बताए ।

चन्द्रदेव मोक्तान फाउण्डेशनले निर्माण गरिएको छ । उक्त म्युजिक भिडियोमा तामाङ चलचित्र संघका अध्यक्ष एंव मेगास्टार कुमार मोक्तानको मुख्य अभिनय रहेको छ भने चाँदनी मोक्तान, रोशन फ्युबा, सोनाम लामा र अस्मिता तामाङको अभिनय देख्न सकिन्छ ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले प्रतिष्ठानको तर्फबाट मंगल जनविजय माविमा इन्जीनियरीङ विषय लिएर अध्ययन गर्ने २ जना विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको व्यवस्था गर्ने समेत प्रतिबद्धता जाहेर गरे । साथै अध्यक्ष लामाले आफ्ना आमा बुवा जिवित भगवान भएको बताए । उनले आफ्ना आपा–आमा लाई जिवित हुँदा नै माया र ममता गर्नु पर्नेमा जोड दिए ।

गीतमा रोशी गाउँपालिकाका प्रमुख डिबी लामाले लेखेका हुन । अमृत लामाको संगीत र स्वर, पवन वाङ लामाको संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतको म्युजिक भिडियोलाई रोशन फ्युबाले ड्रोन छायांकन, लक्ष्मण घिमिरे र रोशन फ्युबाले छायांकन गरेका हुन । भिडियोलाई उनै मेगास्टार कुमार मोक्तानले निर्देशन गरेका हुन ।

कार्यक्रममा पत्रकार,समाजसेवी, राजनितिकर्मी, सुरक्षाकर्मी एवं कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -