Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:३० बिहान
- ADVERTISEMENT -

फूल अभाव भएपछि कृत्रिम फूलको माग बढ्दै

प्रकाशित मिति: २०७८ कात्तिक १९, शुक्रबार

597
Shares

सुदूरपश्चिम, कात्तिक १९ गते । तिहार रौनकसँगै सुदूरपश्चिम प्रदेशको धनगढीलगायतका शहरी क्षेत्रमा यतिबेला प्राकृतिक फूलको मालाको तुलनामा कृत्रिम फूलमालाको माग बढेको छ । सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् ।

तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुनेगर्छ । फूलमालाको माग बढेसँगै धनगढीलगायतका शहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय पार्वती भट्टले बताउनुभयो । प्राकृतिक माला कतै पाइछ भने पनि कृत्रिम मालाभन्दा निकै महङ्गो पर्ने गरेको उहाँ बनाउनुहुन्छ ।

कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको धनगढीका व्यापारी अशोक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “कृत्रिम माला अन्य काममा समेत प्रयोग गर्न मिल्ने भएपछि यसको माग पनि ह्वात्तै बढेको छ, स्थानीय क्षेत्रमा प्राकृतिक फूल उत्पादन नहुँदा कृत्रिम फूलको माग बढेको हो ।”

स्थानीय बजारमा बिक्रीका लागि नाराणगढलगायतका क्षेत्रबाट ल्याइएका सीमित मात्राका मखमली फूलमाला प्रतिगोट १०० मा बिक्री गर्ने गरिएको छ । मूल्य बढी हुँदा सबैले यो मखमलीको तयारी माला खरिद गर्न सकेका छैनन् । रङ्गीबिरङ्गी कृत्रिम फूल भने प्रतिगोटाको बढीमा ६० देखि ७० रुपियाँसम्म पर्ने गरेको उहाँहरुको भनाई छ ।

सयपत्री फूलको खोजीमा गाउँतर्फ गइरहेको भेटिनुभएकी स्थानीय अनिता जोशीले भन्नुभयो, “यस वर्ष भएको अबिरल वर्षाका कारण घरमा रोपिएका सयपत्रीका बोट नष्ट हुँदा सयपत्री फूल पाउनै गाह्रो छ ।” कैलालीको त्रिनगर भन्सार नाका भएर ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेका छन् । कागज, कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समयसम्म टिक्ने, झट्ट हेर्दा आकर्षक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ ।

तिहारको समयमा फूलमालाको अत्यधिक माग हुने गर्दछ । अधिकांशले घरआँगनमा पर्याप्त फूल नरोप्ने र रोपे पनि उत्पादन राम्रो नहुँदा कृत्रिम फूलको प्रयोग गर्नुपरेको छ । यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुटरूपमा केही व्यक्तिले पुष्पखेती गर्ने गरेको भएपनि मागअनुसारका उत्पादन हुन नसकेको बताइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -