काठमाडौँ, सोमबार, १५ कात्तिक २०७८ । प्रदेश १ का मुख्यमन्त्री भीम आर्चायले राजीनामा दिनु भएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिनु भएको हो ।
गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले ६८ दिनमा मुख्यमन्त्री पदबाट राजीनामा दिनु भयो । आचार्यले प्रदेशसभामा राखिएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि मतदानमा हुनुअघि राजीनामा दिनु भएको हो ।
एमालेको एकल बहुमतमा मुख्यमन्त्री भएका आचार्य एमाले विभाजन भएपछि अल्पमतमा पर्नु भएको थियो ।








































