Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:५७:१४ बिहान
- ADVERTISEMENT -

खोलाको किनारदेखि आँगनसम्मै अलैँची, नर्सरीमा २५ लाख बिरुवा

प्रकाशित मिति: २०७८ कात्तिक १२, शुक्रबार

519
Shares

लमजुङ, १२ कात्तिक २०७८ । युवाजनशक्ति विदेश पलायन हुँदा गाउँघरका खेत बाँझो बनिरहेका छन् । खेतबारी बनमारा घाँस र कुरोको बोटले लपक्क ढाकेको बाँझो बनेका छन् । तर, गरे सम्भव हुन्छ भन्ने उदाहरण बनेका छन् उत्तरी लमजुङको छिनखोला गाउँका बासिन्दा । उच्च पहाडी भेगमा वन्यजन्तुको शिकार गरेर गुजारा चलाउने मनासशयले पुर्खाले बसालेको डाँडापाखा र भिरालो बस्ती अहिले छिनखोलाका बासिन्दाले गाउँकै मुहार फेरेका छन् ।

आजभन्दा १७ वर्षअघि भेँडा, बाख्रा, गाईभैँसी पालेर जीविका चलाउँदै आएका उनीहरुले पुरानो कृषि प्रणालीलाई विस्थापित गरेका छन् । पछिल्लो समय कृषकको आम्दानीको मुख्य स्रोतको रुपमा स्थापित भएको अलैँची खेतीप्रति लगाब ठूलो छ । पहिला कोदो, मकै, आलु र अन्य खाद्यन्न बाली उब्जिने खेतबारी अहिले अलैँची खेतीले भरिएका छन् । छिनखोलाको किनारदेखि घरको आँगन र कर्सासम्मै अलैँची रोपेका छन् ।

अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङ मर्स्याङ्दी गाउँपालिका-७ छिनखोलाका स्थानीय हुन् । उनले भने, ‘छिनखोला लमजुङमा सबैभन्दा बढी अलैँची उत्पादन गर्न सफल भएको गाउँ हो ।’ गाउँलेले वार्षिक ८० देखि १ सय २० क्विन्टल अलैँची उत्पादन गर्ने गर्छन् ।

अध्यक्ष तामाङका अनुसार छिनखोलाका विभिन्न नर्सरीमा २० देखि २५ लाखको हाराहारीमा अलैँचीको बिरुवा छन् । अलैँची व्यवसाय महासंघ नेपालले लमजुङको अलैँची अरु जिल्लामा उत्पादन हुने अलैँचीभन्दा गुणस्तर भएको प्रमाणित गर्दै यसअघि नै सम्मानित गरिसकेको छ । नेपालको पूर्वीजिल्ला इलाम, ताप्लेजुङमा हुने अलैंचीलाई लमजुङमा व्यवसायिक रुपमा खेती गर्ने कार्य तीब्र गतिमा बिरहेकोले अलैँचीको पकेट क्षेत्रको रुपमा अघि बढेको हो ।

जिल्लामा साउने, डम्बरसाई, जिर्मले, रामशाई, गोलसाई जातका अलैँची खेती गरिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण अलैंची जोन लमजुङले जनाएको छ ।

हाल नेपालका ४२ जिल्लामा अलैंची खेती विस्तार भइसकेको छ । नेपालमा उत्पादित अलैँची अब आफ्नै ट्रेडमार्कमार्फत तेस्रो मुलुक पठाउने तयारी व्यवसायीले गरिरहेका छन् । अलैँची निर्यात गर्न बंगलादेशसँग छलफल भइरहेको अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष तामाङले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -