Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१९:५५ बिहान
- ADVERTISEMENT -

सर्वसम्मत नेतृत्व चयन भएका पाँच स्थानीय तहमध्ये आँबुखैरेनीले महिला नेतृत्व

प्रकाशित मिति: २०७८ कात्तिक १०, बुधबार

363
Shares

तनहुँ । नेकपा एमालेको गाउँ तथा नगर अधिवेशन मंगलबार सम्पन्न भएको छ । यही क्रममा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सर्वसम्मत नेतृत्व चयन भएका  पाँच स्थानीय तहमध्ये आँबुखैरेनीले महिला नेतृत्व पाएको छ । आँबुखैरेनीकी अध्यक्ष बनेकी ४४ बर्षीया मिना अधिकारीको नेतृत्वमा ५३ सदस्यीय गाउँ कमिटि गठन भएको छ । उनी सर्वोच्च अदालतको निर्णयअनुसार नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि एमालेको गाउँ कमिटि अध्यक्ष थिइन । गाउँ कमिटि अध्यक्ष बनेपछि अधिकारीले महिला नेतृत्व हाँक्न सक्षम रहेको पुष्टि गर्ने बताएकी छिन् । 


‘मसँग आँट र साहस दुवै छ । अनुभव पनि छ । मेरो कामले महिलाले पनि नेतृत्व गर्न सक्छन् भन्ने प्रमाणित हुनेछ ।’
उनले महिलालाई नेतृत्व दिन पार्टी पंक्तीले पनि कन्जुस्याँई गर्ने गरेको बताइन । ‘अहिलेसम्मको परिस्थितिमा कुनै राजनीतिक दलले पनि महिलालाई नेतृत्व सहजै दिएका छैनन् । एक त महिलालाई घरपविारबाटै असाध्यै कठिन छ । त्यो चुनौति पन्छ्याएर राजनीतिमा लागेपछि पनि पार्टीको अन्तरिक राजनीतिमा फेरी संघर्ष गर्नुुपर्ने हुन्छ’, उनले भनिन् । अब पार्टीमा महिलाको सहभागितासँगै नेतृत्वमा पुर्याउन भूमिका खेल्ने उनको भनाइ छ ।

बन्दीपुर गाउँपालिका–१ नाहालमा जन्मिएकी अधिकारीले कक्षा ९ मा पढ्दा अनेरास्ववियू छैटौँमा प्रवेश गर्दै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । उनी ०५५ सालपछि भने पार्टीको सक्रिय राजनीतिमा लागेकी थिइन । 

एमालेको गाउँ तथा नगर अधिवेशनबाट जिल्लामा कार्यकारी पदमा न्युन संख्यामा महिला सहभागिता देखिन्छ ।
शुक्लागण्डकी नगरपालिकामा विष्णुमाया ढकाललाई सर्वसम्मत उपसचिव बनाइएको छ । भानु नगरपालिकामा रुपा लामा उपसचिव बनेकी छन् । यस्तै व्यास नगरपालिकामा सीता पाण्डे उपसचिव बनेकी छन् ।

एमालेको ८२ वडामा अधिवेशन सकिदा शुक्लागण्डकी नगरपालिका–९ मा गीत महत र आँबुखैरेनी गाउँपालिका–२ मा सम्झना विक मात्र वडा कमिटि अध्यक्ष बनेका हुन् ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -