गोरखा, ९ कात्तिक २०७८ । मङ्सिरको दोस्रो साता दसौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको नेकपा एमालेले मंगलबार गोरखामा पालिकास्तरको अधिवेशन गरेको छ ।
गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अधिवेशन सम्पन्न भएको छ ।
भखरै बिभाजन भएको एमालेको पहिलो अधिवेशनबाट भिमसेनथापा गाउँपालिका गोरखाको प्रथम अधिवेशनबाट सुजन सिंखडा अध्यक्षमा र्निविरोध निर्वाचित हुनु भएको हो ।
आज मंगलबार भएको पार्टी भेलाले सिंखडाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति गठन गरेको छ । उपाध्यक्षमा नवराज पोखरेल, सचिवमा हरि सिंखडा, उप-सचिवमा कमला भट्ट, मेल प्रसाद खनाल चयन हुनु भएको हो ।








































