- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

एमालेको दसौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने, मूल व्यवस्थापन समिति संयोजकमा बादल

October 22, 2021
642
Shares
- ADVERTISEMENT -

काठमाडौँ, शुक्रबार, ५ कात्तिक २०७८ । नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलमा गर्ने नभई चितवनमा हुने भएको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

महाधिवेशनको तयारी गर्न रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको छ । समितिको सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहनु भएको छ ।

यसबाहेक सातै प्रदेश र सम्पर्क समन्वय कमिटीको प्रतिनिधि मूल व्यवस्थापन समितिमा रहने बैठकले निर्णय गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

बैठकले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रको वडा अधिवेशन र पालिका अधिवेशन सार्ने निर्णय भएको छ । तर, कात्तिकभित्र सबै वडा र पालिका अधिवेशन गरिसक्ने सचिव प्रदीप ज्ञवालीले बताउनु भयो । एमालेले कात्तिक ६ मा तोकिएको वडा र कात्तिक ९ मा पालिका अधिवेशन गर्ने तयारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -