Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:२१ बिहान
- ADVERTISEMENT -

दशैँपछिको पुँजी बजारमा उत्साह

प्रकाशित मिति: २०७८ कात्तिक १, सोमबार

578
Shares

काठमाडौँ, १ कात्तिक २०७८ । दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै नेप्से परिसूचक १७.५९ अङ्कले बढेर दुई हजार ६५६.९७ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन तथा असोजको अन्तिम दिनको कारोबारमा ११३ कम्पनीको सूचक उकालो लागेको छ भने ६१ कम्पनीका सेयर मूल्य घटेको छ १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

समूहगत रूपमा हेर्दा सामूहिक लगानी कोष समूहबाहेक सबैमा वृद्धि देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्र ३.५१ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहमा करिब २ प्रतिशतको वृद्धि भएको छ । सामूहिक लगानी कोषमा ०.७५ प्रतिशतको गिरावट आएको छ ।

आइतबारको कारोबारमा सबैभन्दा आकर्षक लाभ चन्द्रागिरि हिल्सका लगानीकर्ताले पाएका छन् । हिल्सको प्रतिकित्ता सेयर मूल्य ८८ रुपियाँले बढेर एक हजार ३५० पुगेको छ । हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता २० रुपियाँ बढेको छ ।

घलेम्दी हाइड्रोको १६ रुपियाँ वृद्धि छ । कामना सेवा विकास बैङ्कको सेयर मूल्य प्रतिकित्ता २७.९० रुपियाँले बढेको छ । सिटिजन्स् म्युचअल फन्ड १ र २ दुवैको घटेको छ । त्यस्तै बोटलर्स नेपाल तराईका लगानीकर्ताले प्रतिकित्ता ४१३ रुपियाँ गुमाएका छन् ।

आइतबार कुल २१ हजार ३२८ करोबारबाट ४७ लाख ६० हजार २९५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोड ९७ लाख रुपियाँभन्दा धेरैको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -