Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३२:३३ बिहान
- ADVERTISEMENT -

छायांकनमा जाने तयारीमा ‘कबड्डी ४’ टिम

प्रकाशित मिति: २०७८ असोज २५, सोमबार

793
Shares

काठमाडौं । गत २१ असोजमा हल खुलेसँगै फिल्मका गतिविधिहरू बढ्न थालेका छन् । फिल्मका इभेन्टसँगै छायांकनमा जाने तयारीमा फिल्मकर्मी जुटेका छन् । यसै क्रममा आउँदो ३ कात्तिकदेखि ‘कबड्डी’को चौथो भागको छायांकन प्रारम्भ हुने भएको छ ।

अन्तिम भनिएको ‘कबड्डी’ शृंखलाको चौथो भागलाई दर्शकले हेर्न पाउनेछन् ।

शृंखलाको निर्देशन रामबाबु गुरुङले गर्दै आइरहेका छन् । उनलाई निर्देशकको रूपमा स्थापित गर्ने फिल्म नै यही हो । उनले छायांकनमा अब निस्किने जानकारी दिए । ‘हाम्रो प्रोडक्सन टिम त केही अगाडि नै जान्छ तर हामी ३ कात्तिकमा पुग्छौँ’, निर्देशक गुरुङले भने ।

उनले ३५ दिनको सेड्युल लिएर छायांकन प्रारम्भ गर्ने जनाउँदै सम्पूर्ण छायांकन मुस्ताङमा हुने बताए । ‘हाम्रो लोकेसन मुस्ताङ नै हुन्छ र यसलाई तय भएकै सेड्युलमा पूरा गर्नेछौँ’, निर्देशक गुरुङले बताए । यसकै सिरिजका कारण आज गुरुङ सफल तथा स्थापित निर्देशकको सूचीमा पर्छन् । यद्यपि, सिरिजको संख्या बढ्दै गर्दा उनलाई आरोप पनि लाग्ने गरेको छ । उनले दोस्रो र तेस्रो सिरिज रिलिज गर्दै गर्दा व्यासायिक बढी भएको आरोप खेप्दै आइरहेका छन् । कबड्डीको तुलनामा यसका निर्मित सिरिजहरू कमजोर रहेका गुनासा दर्शकको बढ्ने गरेको छ ।

यसैले गर्दा पनि निर्देशक गुरुङले यसको अन्तिम सिरिज ‘कबड्डी ४ : द फाइनल म्याच’ भनेका छन् । फिल्ममा दयाहाङ राई र विजय बराल रहने पक्का छ । उनीसँगै रहने अन्य कलाकारका बारेमा जनाइएको छैन ।

काजीको प्रेम कथामा आधारित फिल्ममा अघिल्लो पटक पनि प्रदीप खड्कालाई खेलाउने तयारी भएको थियो । यद्यपि, त्यो सहकार्य हुन सकेन । यस पटक निर्देशक गुरुङले काजी र मैयाको प्रेम कथालाई विश्राम दिँदै छन् । तर, उनले यही नाममा फिल्म भने बनाउन सक्नेछन् ।

‘कबड्डी’का तीन सिक्वेलमा प्रेमका लागि संघर्ष गर्ने प्रमुख पात्रहरू ‘फाइनल म्याच’ (कबड्डी ४)मा दोहोरिनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -