काठमाडौं, सोमबार, २५ असोज २०७८ । नेकपा (माओवादी केन्द्र)ले बाँकी रहेका विभिन्न प्रदेशमा अध्यक्ष र सचिव तोकेको छ । केन्द्रको प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिममा अध्यक्ष र सचिव तोकेको हो ।

केन्द्रले प्रदेश १ को सचिवको जिम्मेवारी हेमराज भण्डारीलाई दिने निर्णय गरेको छ । यसैगरि केन्द्रले प्रदेश २ को अध्यक्ष र सचिवमा क्रमशः प्रल्हाद बुढाथोकी र जोगकुमार बरबरिया यादवलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

बागमतीमा रिक्त प्रदेश सचिवमा केन्द्रले अञ्जना विशंखेलाई जिम्मेवारी दिएको छ । त्यसैगरि नेता देवेन्द्र पराजुलीलाई केन्द्रले गण्डकीको सचिवको जिम्मेवारी तोकेको छ ।

सुदूरपश्चिममा रिक्त रहेको प्रदेश अध्यक्ष र सचिवमा केन्द्रले क्रमश: शरदसिंह भण्डारी र देवीलाल चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्