काठमाडौं, सोमबार, ११ असोज २०७८ । सानिमा बैंकले महान् चाड बडादशैंँको अवसरमा ग्राहकका लागि ‘दशैँ धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।
योजनाअन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार पाँच सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै क्रेडिट कार्ड प्रयोगकर्ताले सुलभ व्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई फस्ट कम फस्ट सर्भिसका आधारमा छुट प्रदान गरिने र योजना असोज १८ गतेसम्म सञ्चालन हुने बताइएको छ ।








































