Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१७:२५ बिहान
- ADVERTISEMENT -

यो दशैंमा त जसरी पनि हल खोल्छौ,’

प्रकाशित मिति: २०७८ असोज ८, शुक्रबार

465
Shares
Movie premiere event at cine theatre. Cinema white blank screen at dark movie hall interior with empty red seats vector background

काठमाडौं । कोभिड–१९ का कारण प्रदर्शनको तयारीमा रहेर पनि पछि हटेका अधिकांश चलचित्रले प्रदर्शन मिति पुनः तय गर्न सकेका छैनन् । ११ चैत ०७६ देखि भएको पहिलो लकडाउन र १६ वैशाख ०७८ मा भएको दोस्रो लकडाउनका कारण चलचित्र क्षेत्र नै अन्योलमा परेको छ ।

पहिलो लकडाउन खुलेपछि चलचित्र चहलपहल सुरु हुन लागेको थियो । चलचित्र निर्माण घोषणा हुने, छायांकनमा जाने र प्रदर्शन हुने क्रमसमेत सुरु हुँदै थियो । पहिलो लकडाउन सकिएपछि निर्माता, निर्देशकहरू ‘अब ठिक भयो’ भन्ठानेर जुर्मुराउन थालेका थिए । तर, फेरि कोरोना संक्रमण बढ्न पुग्यो, जसकारण सरकारले पुनः पहिलाको भन्दा अलि कम कडाइका साथ लकडाउन लागू गर्यो । अहिले लगभग सबै क्षेत्र खुलिसकेको छ । तर दशै, तिहार सम्मुखमा हुँदासमेत चलचित्र प्रदर्शन गर्न निर्माता, निर्देशक तात्तिएका छन्, न हल सञ्चालक हल खोल्न आतुर छन् ।

‘यो दशैंमा त जसरी पनि हल खोल्छौ,’ निर्माता तथा हल व्यवसायी अशोक शर्माको दावी छ, ‘हल नखेलेसम्म चलचित्र क्षेत्र चलायमान हुन्न । चलचित्र क्षेत्र चलायमान हुन पनि चलचित्र चल्नुपर्छ ।’ निर्मातालाई हल सञ्चालक तथा चलचित्र विकास बोर्डले केही राहत दिएर भए पनि चलचित्र प्रदर्शन गर्न लगाउनुपर्ने उनको धारणा छ ।

उता, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल पनि आफू कोरोना प्रभावित चलचित्रलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा चिन्तित रहेको बताउने गर्छन् । ‘म हरदम चलचित्र क्षेत्र गतिशील बनाउनका लागि प्रयत्नरत छु,’ उनले भने, ‘शीर्ष नेता, निर्माता, हल व्यवसायी तथा सम्बन्धित संघसंस्थासँग छलफलमा जुटिरहेका छौ । छिट्टै केही ठोस निर्णय आउने छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -