काठमाडौँ, ८ असोज २०७८ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । बैठक दुई दिनसम्म चल्नेछ ।
बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले बताए ।
असोज ३ र ४ गते बसेको एमाले स्थायी कमिटी बैठकले विधान महाधिवेशनसम्बन्धी प्रस्तावहरूमाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकमा पठाउने निर्णय गरेको थियो ।
उक्त प्रतिवेदन र प्रस्तावहरुमाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले अन्तिम रुप दिएर पारित गर्नेछ । एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौँमा आयोजना हुँदैछ ।








































