गोरखा, शनिबार, कोपिला भुजेल (मुस्कान ), २ असोज २०७८ । अमीलीचौर गोरखा आरुघाट आशविन १- भिमसेन थापा गाउँपालिका ३ बुढीगण्डकी नदि र ईशवरी गंगाको संगम पवित्र स्थल गोरखा आरुघाट अमीलीचौरमा रहेको बुढीगण्डकी वृद्धाश्रममा तथा लक्ष्मीनारायण धामलाई हाल अमेरिका निवासी स्थानीय युवा केपी भट्टको सक्रियतामा नेपाली रुपैया ६ लाख बराबरको अक्षयकोष निर्माणको लागि रकम उपलब्ध भएको छ ।
यस संस्थाको आजिवन सदस्य समेत रहेका भट्टले अमेरिकामा बसोबास गर्ने नेपाली सामाजिक अभियान्ताहरुबाट अमेरिकी डलर $५११४ (नेपाली रुपैया ६ लाख ) संकलन गरी संस्थालाई उपलब्ध गराउनु भएको छ । सो रकम आज एक कार्यक्रमको बिच संस्थाका अध्क्षय पण्डित लेखनाथ खनाललाई रकम संकलनकर्ता के पी भट्टका पिता तारानाथ भट्टले हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय समाजसेवी बुद्रिजिवीहरुको बाक्लो उपस्थिति रहेको संस्थाका सचिब नेत्र पुडासैनीले हामीलाई जानकारी दिनु भयो । कार्यक्रम भिमसेन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लिलानाथ लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सभापतित्व संस्थाका अध्यक्ष पण्डित लेखनाथ खनालले गर्नुभएको थियो । सॅस्थाका महासचिब बालकृष्ण लामिछानेले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाको स्थापनाकाल देखि हाल्ल सम्म संस्थाले गरेको कार्यको छोटकरीमा जानकारी गर्नुभएको थियो ।
कार्यक्रममा आफनो धारणा राखनुहुने वक्ताहरुले विदेशबाट समेत हाम्रो संस्थालाई माया गरेर सहयोग गर्नुहुने सहयोगीमनहरुलाई धन्यबाद व्यत गर्नुभयो । सोहि अवसरमा आश्रममा बसोबास गर्ने बुवा आमालाई लक्षित गरि दशै तिहार जस्ता माहान पर्व नजिकिएको ले १ महिना लाई पुग्ने खाद्यान्न सामाग्री चामल, दाल लगायतका वस्तु खरिद गरिएको संस्थाको संन्चालीका कोपिला भुजेल मुस्कानले जानकारी दिनु भयो ।
संस्थाका अध्यक्ष पण्डित लेखनाथ खनालले रकम संकलनकर्ता स्थानीय युवा के पी भट्ट र यो अक्षयकोष निमार्णमा सहयोग गर्नुहुने २०१ जना अमेरिकामा बसोवास गर्नुहुने नेपाली मनहरुलाई धन्यबाद व्यत गर्नुको साथै आगामी दिनहरुमा साथ् -सहयोगको अपेक्षा रहने बिस्वास ब्यक्त गर्नु भयो ।









































