काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आज भेला डाकिएको छ । वरिष्ठ नेता पौडेलले आफूनिकट नेताहरुसँग छलफल गर्नका लागि भेला डाकिएको हो । पौडेलले आज दिउँसो आफूनिकट नेताहरुसँग छलफल गर्दैछन ।
भेलामा आगामी १४औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने, डडेल्धुरामा एकलौटी रुपमा भएको वडा अधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
डडेल्धुरामा संस्थापन पक्षले एकलौटी रुपमा अधिवेशन गरेको भन्दै पौडेल पक्षले असन्तुष्टी जनाउँदै आएको छ । त्यस्तै आगामी महाधिवेशनमा पौडेल पक्षले साझा उम्मेदवार उठाउने बताएपनि आकांक्षीहरु धेरै भएकाले व्यवस्थापन गर्न समस्या भइरहेको छ ।
पौडेल पक्षबाट उनीसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुले सभापति पदमा दाबी गर्दै आएका छन् ।








































