Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:१०:१७ बिहान
- ADVERTISEMENT -

बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घा’इते

प्रकाशित मिति: २०७८ भदौ २६, शनिबार

444
Shares

दाङ, शनिबार, २६ भाद्र २०७८ । बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बौलाहा कुकुरको टोकाइबाट २६ जना घा’इते भएका हुन् ।

कुकुरको टोकाइबाट घाइते हुने अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेका छन् । बौलाहा कुकुरले टोक्नथालेपछि स्थानीय त्रसित बनेका छन् ।

कुकुरले टोकेका व्यक्तिहरूको जिल्लामा उपचार सम्भव नभएपछि बाँके र काठमाडौं पठाउन थालिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेण्ट डा. बिनोद सिंहले शुक्रबार दिउँसोसम्म २६ जना बौलाहा कुकुरले टोकेको भन्दै अस्पताल पुगेको बताए ।

‘बौलाहा कुकुरको टोकाइबाट घाइते हुने बिरामीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘हामीसँग उपचारका लागि खोप छैन । त्यसैले बिरामीलाई बाहिर पठाउन बाध्य छौं ।’ उनले बुधबारदेखि बौलाहा कुकुरले टोकेका बिरामी आउन थालेको बताएका छन् ।

स्पतालमा इमोग्लोबिन नामक भ्याक्सीन अभावले बिरामीलाई बाहिर रेफर गर्नु परेको मेसु सिंहले बताए । तुलसीपुरका स्थानीय किरण केसी पनि कुकुरको डरले स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत जान डराउने गरेको गुनासो गरेका छन् ।

- ADVERTISEMENT -