काठमाडौं, शुक्रबार, २५ भाद्र २०७८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निर्वाचनलाई धाँधली रहित र निश्पक्ष बनाउन सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको छ ।
आज आफ्नो सामाजिक संजाल मार्फत चुनाव सफल बनाउन आग्रह गर्नु भएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रह यस्तो छ ।
सभापतिको ध्यानाकर्षण !
पार्टी निर्वाचनलाई धाँदलि रहित र निश्पक्ष बनाउन सहयोग गर्नुहोस् !
मेरो नेतृत्वमा महामन्त्री डा. शशांक कोईराला, नेताहरु प्रकाश मान सिंह, अर्जुननरसिं के.सी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले आज बिहान सभापति श्री शेर वहादुर देउवालाई वालुवाटारमा भेट गर्यौँ ।
सो अवसरमा पार्टीका कृयाशील सदस्यहरुको छानवीन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलीस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं । उहाँले लेख्नु भएको छ ।








































