काठमाडौँ, बिहिबार, २४ भाद्र २०७८ । नेपाली कांग्रेसको आसन्न महाधिबेशनको रौनक बढ्दै गएको छ । पार्टीको महाधिबेशन नजिकिदै गर्दा वडा, पालिका, प्रदेश क्षेत्र, प्रतिनिधी सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र सम्मको नेतृत्व को लागि उमेदवारी घोषणा गर्ने क्रम बढ्दै गएको छ ।
बिपी कोइरालाको १०८ औ जन्मजयन्ती को दिन पारेर पार्टीको केन्द्रमा पार्टी प्रबक्ता बिश्वप्रकास शर्माले महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेकै दिन, बाग्लुङ क्षेत्र नम्बर २ बाट २७ बर्षे यदुराम सापकोटाले केन्द्रिय महाधिबेशन प्रतिनिधी पदको लागि उमेदवारी दिने घोषणा गर्नु भएको हो ।
आफ्नो उमेरसमुह समेत अब नेतृत्व लिन तयार रहेको सन्देश दिनको लागि पनि जबरजस्त उमेदवार बन्नुपर्ने अवस्था आएकोले कुनै बार्गेनीङको लागि नभएर ,”गर या मर” को अबस्थामा आफ्नो उमेदवारी अन्तिमसम्म कायम रहने यदुराम सापकोटाले बताउनु भयो ।

यदुराम सापकोटाको घोषणा जस्ताको तस्तै:
नमस्कार तथा जय नेपाल !
आज महामानव बिपी कोइरालाको १०८ औ जन्मजयन्तीको अवसरमा उहाँ प्रती हार्दिक श्रध्दासुमन अर्पण गर्दछु ! नेपाली कांग्रेस पार्टीका संस्थापक नेता जन्मिएको यो ऐतिहासीक दिनमा, म आफु बिपीको अनुयायी र बिपीले निर्माण गरेको पार्टीको कार्यक्रताले मेरो राजनितीक जिवन कै ऐतिहासीक घोषणा गरेको छु ।
हुनत राजनितिक र सामाजिक जिवनमा सानै उमेरदेखी पार्टीको भातृसंस्था, सामाजिक संघ-संस्थाहरुमा यस्तै घोषणाहरु गर्दै कहिले सफल र कहिले असफल हुदैं नेतृत्व गर्ने क्षमतालाई आफैले तिखार्दै अगाडी बढ्दै आएको हुँ । आजका दिनमा भने मैले माउ पार्टीको राजनितीमा अब मेरो उमेर समुहको पनि जबरजस्त दाबेदारी रहनुपर्छ भन्ने अठोटका साथ अगाडी बढेको छु ।
आज म २७ बर्षकै उमेरमा यो बाटोबाट अगाडी बढ्दै गर्दा कतिपय पार्टीका अग्रज नेताहरुले भने अझै फुच्चे छौ । यो दुस्साहस नगर भनिरहनुभएको छ । उहाँहरुको आग्रहलाई पनि म सम्मान गर्न चाहन्छु । म अग्रजहरु सँगै हातेमालो गर्न मेरो पुस्ताको प्रतिनीधीत्वको दाबेदारी गर्न तमाम युवा, तन्नेरी साथीहरुको सल्लाह सुझाब लिएर अगाडी बढिसकेको सबैमा जानकारी गराउन चाहन्छु ।
म र मेरो उमेर समुह यतीबेला नेत्रित्वमा आउनको लागि गर या मरको स्थितीबाट जबरजस्त अगाडी बढिरहेको सबैमा जगजाहेर छ।वडा तहको अधिबेशनबाट १८/१९ बर्षे युवा साथीहरुले नेत्रित्व लिएको देख्दै गर्दा, मेरो उमेदवारीमा हौसला थपिएको छ ।
बिपी कोइरालाले नेपाली कांग्रेस पार्टी र नेपालमा डेमोक्रेटिक पार्टीको परिकल्पना गर्दै गर्दा २४/२५ बर्षको उमेर थियो तर म आजको दिनमा त्यो बेलाका बिपी भन्दा २ बर्ष बढी अर्थात २७ बर्ष पुगिसकेको छु,१४/१५ बर्षकै उमेरदेखी भातृसंस्थामा,ने बि सँघ हुदै, नेपाली जनसम्पर्क समितीसम्म नेतृत्व गरेको अनुभव म सँग छ ।
अब त्यो अनुभवले मलाई माउ पार्टीको राजनितीमा नेतृत्व लिनका लागि जबरजस्त दाबेदारी गर्नुपर्छ भन्ने महसुस गराएको छ । मेरो यो उमेदवारीले अब मेरो उमेर समुह पनि पार्टीको नेत्रित्व लिन तयार भैसक्यो भनेर पार्टीका आम नेता कार्यक्रतालाई सन्देश अवश्य दिनेछ ।
जितौला, हारौला , तपशिलको कुरा भयो तर मेरो उमेदवारी अब कुनै बार्गेनिङ नगरीकन लोकतान्त्रिक प्रक्रिया सम्म पुग्ने जानकारी,बाग्लुङ क्षेत्र नम्बर २ का प्रत्यक वडा, पालिकाहरुबाट आउने सम्पुर्ण वडा सभापति र क्षेत्रिय प्रतिनिधीहरुमा जानकारी गराउन चाहान्छु ।
बिपी कोइरालाको १०८ औ जन्मजयन्ती को अवसरमा बिपी र बिपीको बिचारलाई आत्ममा राखेर यो घोषणा गरेको छु ।
आदरणीय, बाग्लुङ जिल्ला क्षेत्र :न.२ का विभिन्न वडाहरुबाट निर्वाचित वडा सभापति लगायत सम्पूर्ण क्षेत्रिय प्रतिनिधिज्युहरू जय नेपाल !
बाग्लुङ जिल्ला क्षेत्र न.२ बाट आगामी क्षेत्रिय अधिवेशनमा म यदुराम सापकोटा महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुने कुरा अवगत गराउँदै तपाईंहरुको अमूल्य मतको अपेक्षा गर्दछु ।
जय नेपाल !








































