Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:५९ बिहान
- ADVERTISEMENT -

प्रदेश २ को ८ वटै जिल्लामा भएन काँग्रेसको वडा अधिवेशन

प्रकाशित मिति: २०७८ भदौ १९, शनिबार

302
Shares

काठमाडौँ, शनिबार, १९ भाद्र २०७८ । सत्तारुढ दल नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार विभिन्न जिल्लामा वडा अधिवेशन गरेको छ । तर प्रदेश २ का कुनै पनि जिल्लामा काँग्रेसको वडा अधिवेशन हुन सकेन ।

शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन चलिरहँदा प्रदेश २ का ८ सहित २१ वटा जिल्लामा भने वडा अधिवेशन हुन सकेको छैन ।

प्रदेश २ को ८ वटै जिल्लामा काँग्रेसको क्रियाशील सदस्यता विवाद छ । विवाद नटुंगिएका कारण वडाअधिवेशन सुरु हुन नसकेको बताइएको छ ।

धनुषाको २ वटा क्षेत्रमा क्रियाशील सदस्यतालाई लिएर विवाद रहेकाले वडा अधिवेशन सुरु हुन नसकेको धनुषा सभापति महेशशंकर गिरीले बताए ।

उनका अनुसार धनुषाको क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा नवीकरण वा क्रियाशील सदस्यतासम्बन्धी कुनै किसिमको विवाद नभए पनि क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४ मा विवाद छ ।

उनले भने, ‘क्षेत्रमा क्रियाशील सदस्यता सम्बन्धी फारम भर्ने जिम्मा क्षेत्रीय सभापतिहरुलाई दिइएको थियो, क्षेत्रीय सभापतिहरुले केन्द्रीय सर्कुलर अनुसार फारम नभरेकाले उजुरी परेर अहिले त्यहाँको विवाद केन्द्रीय छानविन समितिले हेरिरहेको छ ।’

दुवै क्षेत्रको विवाद समाधान भएलगत्तै धनुषामा पनि वडा अधिवेशन सुरु हुने सभापति गिरीले बताए ।

काँग्रेस पर्साका सभापति अजय द्विवेदीले क्रियाशील सदस्यता सम्बन्धी विवादको छिनोफानो हुन नसकेकोले वडा अधिवेशन सुरु हुन नसकेको बताए । उनले केन्द्रबाट क्रियाशील सदस्यहरुको छिनोफानो गरी नामावली पठाएलगत्तै अधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए ।

प्रदेश २ को ८ वटै जिल्लामा एक साताभित्रै वडा अधिवेशन हुने प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए । उनले प्रदेशभरिको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्नका लागि प्रयास भइरहेको र चाँडै नै समाधान हुने जनाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -