Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०१:४७ बिहान
- ADVERTISEMENT -

पोखरा- १७ मा कांग्रेसको अधिवेशन विवादित

प्रकाशित मिति: २०७८ भदौ १९, शनिबार

529
Shares

पोखरा, शनिबार, १९ भाद्र २०७८ । कास्कीमा पोखरा वडा नंम्बर- १७ को कांग्रेस अधिवेशन विवादित बनेको छ । वडाकै एक क्रियाशिल सदस्यले प्रजातान्त्रिक पद्धति बोकेको पार्टीले गुण्डागर्दी शैलीमा अधिवेशन गरेको आरोप लगाएका छन् ।

बिहान साढे १० बजे डाकिएको अधिवेशन बेलुका साढे ५ बजे मात्र सुरु भएको उनले बताए । ‘भदौ १८ गते तोकिएको अधिवेशनमा अघिल्लो दिन नै कोठे भेला गरेर ५६ जना क्षेत्रीय प्रतिनिधि र ३० जना वडा समिति गरी ८६ जनाको नाम तयार गरेको हो,’ उनले भने ।

निर्वाचन अधिकृत समय तालिका सार्वजनिक गरि मतदान स्थलबाट भागेर क्रियाशिल सदस्यलाई फ्लोरबाट उम्मेदवारी दिन बञ्चित गरिएको उनले आरोप लगाए । सहभागीले उम्मेदवारी फारम माग्दा अधिवेशन स्थलबाट बाहिर निकालिएको पनि उनको भनाइ थियो । उम्मेदवारी फारम वितरण नगरी संस्थापन पक्षले एकलौटी अधिवेशन स्थल कब्जा गरेको उनको आरोप छ ।

कांग्रेस पोखरा- १७ का सभापती देवराज आचार्यले सबै आरोप झुटो भएको बताए । सर्वसम्मत टुंगिएको समितिमा कुनै शंका नरहेको उनको भनाई थियो । वडामा कति समिति रहन्छ, कति क्षेत्रिय प्रतिनिधि रहने भन्ने थाहा नहुनेले विवाद भयो भन्नु गलत रहेका उनले बताए । ‘हामीले कोभिडका कारण ३ वटा बुथ राखेर सर्वसम्मत नाम लिएर आउन अनुरोध गरेका थियौं, त्यो काम भइसकेको छ, क्रियाशिल भेला गराएका नाम लिएर आएको हो,’ उनले भने । देवराज आचार्य नै १४ औं अधिवेशनबाट पोखरा- १७ का सभापती भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -