Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:१३ बिहान
- ADVERTISEMENT -

निर्वाचनमार्फत ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६८१ सदस्य चुनिँदै

प्रकाशित मिति: २०७८ भदौ १८, शुक्रबार

425
Shares

काठमाडौं, शुक्रबार, १८ भाद्र २०७८ । नेपाली काँग्रेसको महाधिवेशनको प्रक्रियाका रूपमा मानिएको वडा अधिवेशन शुक्रवारबाट सुरु भइसकेको छ । काँग्रेसका क्रियाशील सदस्यहरूले वडा तहको नेतृत्व छान्न मतदान गर्दै छन् । देशभर रहेका स्थानीय तहका ६ हजार ७ सय ४३ वडाहरूमा काँग्रेसको नयाँ नेतृत्वका लागि आजबाट निर्वाचनको प्रक्रिया सुरु भएको हो ।

देशभरका यी सबै वडामा अधिवेशन सम्पन्न हुँदा काँग्रेसको वडा तहको नेतृत्वमा ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६ सय ८१ सदस्यहरू निर्वाचित हुने छन् । यसबाहेक मनोनीत हुनेको सङ्ख्या पनि रहनेछ ।

त्यस्तै देशभरका ६ हजार ७ सय ४३ वडाबाट एक लाख १४ हजार ५७५ जना क्षेत्रीय प्रतिनिधिसमेत निर्वाचित हुनेछन् । यो प्रक्रियामा समेत क्रियाशील सदस्यको महत्त्वपूर्ण भूमिका रहन्छ । यसरी निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूले फेरी २७ भदौमा हुने पालिका तहको नेतृत्व छान्ने अधिवेशनमा मतदान गर्न पाउने छन् ।

देशभर वडा अधिवेशनको चहलपहल
काँग्रेसको आसन्न १४औँ महाधिवेशन सुरु भएसँगै वडा अधिवेशनमा पार्टीका नेता कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहौलमा केन्द्रित भएका छन् । कतिपय वडाहरूमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरूमा निर्वाचन प्रक्रिया भइरहेको समितिले जनाएको छ तर कति वडाहरूमा आज निर्वाचन सम्पन्न भयो भन्ने तथ्याङ्क साँझसम्म मात्र उपलब्ध हुनेछ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ-नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए ।

करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने काँग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने काँग्रेस पहिलो पार्टी बनेको छ । यसअघि काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुनमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -