Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१९:२८ बिहान
- ADVERTISEMENT -

कांग्रेस महाधिवेशन आजदेखि प्रारम्भ

प्रकाशित मिति: २०७८ भदौ १८, शुक्रबार

569
Shares

काठमाडौं, शुक्रबार, १८ भाद्र २०७८ । कांग्रेसले आजबाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रियाको सुरुआत गर्दैछ। सबै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छैन। त्यसैले कांग्रेस चरणबद्ध वडा अधिवेशनमा जुट्ने भएको छ ।

महाधिवेशनको मुखमा पार्टीभित्र अनेक समस्या देखिन थालेका छन् । कोरोना महामारीले महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । दलित र मुस्लिम समुदायको प्रतिनिधित्व घटाउने षड्यन्त्र गरिएको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएका छन् । विवादकै कारण क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन ।

महाधिवेशन प्रतिनिधि एवं बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेश रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गरे । उनले कोरोना संक्रमण बढिरहेको बेला महाधिवेशन स्थगित गर्न रिट दर्ता गराएको बताए । उनले भने, ‘महाधिवेशन अवरोध गर्ने मेरो उद्देश्य हैन। जनताको मन जित्न सबैलाई खोप उपलब्ध गराएर मात्र भव्य महाधिवेशनमा जाऊँ । अहिलेलाई स्थगित गरौं भन्ने हो।’

केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित प्रतिनिधित्व घटाएको भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आफ्नै पार्टीको सरकार भएका बेला खोपको व्यवस्था गरेर मात्र महाधिवेशन गर्नुपर्ने उनको तर्क छ । २०७९ जेठ ३० गतेसम्म महाधिवेशन गर्न नहुने उनको माग छ । उक्त रिटको आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। कांग्रेसका नेता विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले पार्टीले महाधिवेशनका लागि बनाएको निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

‘पार्टीले स्थापना कालदेखि नै जातीय, क्षेत्रीय र लैंगिक समावेशितालाई नवौं महाधिवेशनबाट क्रमशः स्थानीय वडा तहदेखि केन्द्रसम्म प्रयोग गर्दै आएको र ११औं, १२औं र १३औं महाधिवेशनमा विधानबमोजिम प्रत्येक वडाबाट न्यूनतम ५ जनामा १ जना, ७ जनामा १ र ९ मा १ जना तथा, निर्वाचन क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिँदै आएको थियो,’ उनले राजीनामा पत्रमा लेखका छन्, ‘यसपटक विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्देशिकामा दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरिएको उल्लेख गरेका छन् ।’

दलित समुदायलाई अपमान र अन्याय हुने गरी षड्यन्त्रपूर्वक निर्देशिका बनाइएका कारण आफूले राजीनामा दिएको विश्वकर्माले बताए । विश्वकर्माको राजीनामापछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवाले पार्टी केन्द्रीय सदस्यद्वय विश्वकर्मा तथा जीवन परियारलाई बिहीबार बालुवाटार बोलाएर छलफल गरेका थिए । ‘सभापति ज्यूले आश्वासन दिनुभएको छ। यद्यपि, निर्देशिकामा उक्त कुरा नसमेटिएकाले हाम्रो माग यथावत् नै छन्,’ विश्वकर्माले भने ।

दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन–महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाल दलित संघले केन्द्रीय कार्यालयमा बुधबार धर्नासमेत दिएको थियो । केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी भन्छन्, ‘हतारमा अधिवेशन गर्दा निस्किएका समस्या हुन्। क्लस्टरहरू छुट्ट्याइएका छन्। जसले गर्दा दलितलगायत पिछडिएका समुदायलाई अन्याय गरेको छ ।’

कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघले संविधानले आरक्षण गरेको कोटा हटाएको भन्दै धर्नामा बसेर विरोध गरेका छन्। कांग्रेसको निर्वाचन निर्देशिकामा आरक्षण कोटा हटाएको प्रति ध्यानाकर्षण गर्दै नेपाल मुस्लिम संघ गण्डकी प्रदेश र जिल्ला कार्यसमिति स्याङ्जाको संयुक्त आयोजनामा कांग्रेस पार्टी कार्यालयको मूल गेटमा धर्नामा बसेर विरोध गरेका हुन् ।

कांग्रेसले विधानअनुसार सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन १८ भदौबाट सुरु गरेर २३ गतेभित्र सक्ने गरी तयारी गरेको छ। सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन् । समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा राधा खनालले लेखेकी छिन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -