Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४१:३४ बिहान
- ADVERTISEMENT -

कोभिडको खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो

प्रकाशित मिति: २०७८ भदौ १५, मंगलबार

357
Shares

काठमाडौँ, मंगलबार, १५ भाद्र २०७८ । कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित हुनुभयो लोकन्थलीकी सजिना डङ्गोल ।

खोप लगाउँदा उहाँलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उहाँलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।

डङ्गोल भन्नुहुन्छ, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एकान्तबास बस्दाको अवस्थामा उहाँलाई त्यति कठिन भएन तर सङ्क्रमित उहाँकी दिदीलाई भने सघन कक्षमा राखेर उपचार गर्नु प¥यो । चिकित्सकहरूले कोरोनाविरुद्धको खोप नलगाएका कारण गाह्रो भएको अनुमान गर्नुभएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार खोप लगाएपछि आफूमा केही लक्षण वा साइड इफेक्ट नदेखिएमा खोपले काम नै गर्दैन होला भनेर भ्रम पाल्नु हुँदैन । उहाँ भन्नुहुन्छ, “कसैमा लक्षण देखिने, नदेखिने हुन्छ तर खोपले काम गर्छ । औषधिले काम गर्छ वा गर्दैन भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ ।” कोभिडको खोप पाएको दुई हप्तापछि एन्टिबडी परीक्षण गराउँदा राम्रो हुने डा. पुनको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “अहिले देखिएको कोरोना सङ्क्रमण धेरैजसो खोप नलगाएका व्यक्तिमा नै देखिइरहेको छ । खोप दिएमा त्यो अवस्थाबाट बचाउन सकिने डा. पुनको तर्क छ ।”

“खोपले काम गरेको छ वा छैन भन्ने थाहा पाउन एन्टिबडी परीक्षण गर्नुपर्छ”, उहाँले थप्नुभयो, “कोभिडविरुद्धको खोप पाएपछि आफूमा रोग प्रतिरोधात्मक क्षमता विकसित भयो कि भएन भनेर एन्टिबडी परीक्षणले देखाउन सक्ने वैज्ञानिकले जनाएका छन् ।”

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले खोपको साइड इफेक्ट र सुरक्षाबीच कुनै प्रत्यक्ष सम्बन्ध नहुने बताउनुभयो । पूर्ण सुरक्षित हुन अनिवार्य रूपमा खोपको पहिलो र दोस्रो मात्रा पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । खोपको दोस्रो मात्रा लगाएको एक महिनापछि मात्र राम्रोसँग एन्टिबडी विकास हुन्छ भनेर विभिन्न अध्ययनले देखाएका छन् ।

खोप लगाएपछि शरीरले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने कुराले पनि फरक पार्ने उहाँ बताउनुहुन्छ । कोभिडविरुद्धको खोप लगाएका लाखौँ मानिसलाई विभिन्न प्रकारका लक्षण देखिएको जानकारी उहाँले दिनुभयो ।

डा. गौतमले भन्नुभयो, “धेरै मानिसमा खोप लगाएपछि कुनै पनि लक्षण नदेखिएका पनि छन् । त्यसको मतलब खोपले काम नगर्ने भन्ने हुँदैन ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -