काठमाडौं, १२ भाद्र २०७८ । नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएको छ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको हो।
सभापति देउवासँग कुराकानी गरेपछि पौडेलले आज आफूनिकटका नेता र जिल्ला सभापतिहरूसँग छलफल गरेका थिए।








































