गोरखा, बिहिबार, १० भाद्र २०७८ । ग्लोबल गोरखा समाजका सचिव विराट खनाललाई पितृशोक परेको छ ।
ग्लोबल गोरखा समाजका सचिव विराट खनालको पुजनीय पिताको आज निधन भएको छ ।
सामाजिक व्यक्तित्व, नेपाली काग्रेस गण्डकी गाँउपालिका वडा नम्बर ५ का पार्टी सचिव चुडाकान्त खनालको असामयिक निधनको खबरले हामी स्तब्ध भएका छौ ।
आज टिचिग हस्पिटल मा बिहान ८ बजे निधन भएको हो । उहॉं शिक्षण पेशा बाट अबकास प्राप्त हुनु भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, कमला पन्तले पार्टीको झन्डा ओढाउनु भएको थियो । साथै, गोरखा कांग्रेस पार्टी सचीव नन्द न्यौपाने , किरण श्रेष्ठ, जनार्दन अर्याल लगातार कॉंग्रेस नेता तथा कार्यकर्ताले उहाँप्रती श्रद्धांजलि अर्पन गर्नु भएको थियो ।











































