काठमाडौं, मंगलबार, ८ भाद्र २०७८ । नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको निर्णय अनुसार युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा सन्तोष तामाङ्ग नियुक्त हुनु भएको छ ।
नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाइ समन्वय गरी गतिशील बनाउन महत्वपुर्ण योगदान रहने बिस्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्व मन्त्री एबम तरुण विभाग प्रमुख शंकर भण्डारीले सन्तोष तामाङ्गलाई उक्त नियुक्ति-पत्र हस्तान्तरण गर्नु भएको थियो ।








































