Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२२:४९ बिहान
- ADVERTISEMENT -

काँग्रेसको क्रियाशील सदस्यता विवादः पौडेल पक्ष जुट्यो

प्रकाशित मिति: २०७८ भदौ ७, सोमबार

374
Shares

काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद र १४औं महाधिवेशनलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छलफलमा जुटेकाे छ । राजधानीको एक होटलमा सोमबार विहान पौडेल पक्षीय शीर्ष नेताहरु छलफलमा बसेका हुन् ।

लामोसमय देखि चलिरहेको कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद आइतबार नै टुंगिएको नेताहरुले दाबी गरेका थिए । तर, क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले अझै व्यवहारिक पक्ष मिलाउन नसकेका हुन् ।

अपराह्न १ बजेपछि बालुवाटारमा समितिको बैठक बस्नेछ । सोही बैठकबाट अन्तिम टुंगो लगाएर ५ बजे प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने बताइएको छ । त्यसअघि पौडेल पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने/नहुने क्रियाशील सदस्यताको विवाद समाधानमा नै निर्भर देखिएको छ । अहिलेसम्म क्रियाशील सदस्यताको विवादकै कारण महाधिवेशन सर्दै आइरहेको छ । समितिले अधिकांश विवादबारे सहमति जुटाएपनि बारा, सप्तरी र रौतहटका विषयमा सहमति बनिसकेको छैन ।

कांग्रेसले मंसिर ९ गते देखि १३ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छ । नयाँ कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ । यो दिन आउन अब ११ दिन छ । तर, अझै पनि क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन । यसअघि भदौ १६–१९ का लागि तोकेको महाधिवेशन क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले मंसिरमा नयाँ मिति तोकेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -