काठमाडौं, शनिबार, ५ भाद्र २०७८ ।नेपाली कांग्रेस गोरखा काठमाडौं सम्पर्क समितिले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाएका छ्न ।
नेपाली कांग्रेस गोरखा काठमाडौं सम्पर्क समिति , गाउँ तथा नगर सम्पर्क समितिद्वारा आज शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा भेट गरी , शुभकामना तथा बधाई दिदैं , गोरखा का समग्र समस्याबारे प्रधानमन्त्री शेर बहादुर देउवा ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेस गोरखा काठमाडौं सम्पर्क समितिका सभापति जनार्दन अर्यालको नेतृत्वमा विभिन्न गाउँपालिका तथा नगर सम्पर्क समितिका प्रतिनिधिको उपस्थिती थियो ।
उक्त अबसरमा प्रधानमन्त्री देउबाले पाटीको महाधिबेशनको तयारीमा लाग्न जिल्ला जान निर्देशन दिनुभएको छ ।










































