Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५१:०१ बिहान
- ADVERTISEMENT -

गिरिको स्वास्थ्य अवस्था बुझ्न निधि मुम्बईमा

प्रकाशित मिति: २०७८ भदौ ५, शनिबार

474
Shares

काठमाडौं, शनिबार, ५ भाद्र २०७८ । मुम्बईमा उपचाररत नेपाली कांग्रेस नेता प्रदीप गिरिलाई भेट्नका लागि कांग्रेसका उपसभापति विमलेन्द्र निधि मुम्बई पुग्नुभएको छ । उहाँले शुक्रबार भेटका क्रममा निधिले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

उपसभापति निधिले गिरिको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताउनुभएको छ । ‘उहाँको घाँटीको देब्रेपट्टिको नलीमा सानो ट्युमर देखिएको छ । ट्युमरबारे सम्पूर्ण रिपोर्ट आइसकेको छैन । अहिले उहाँ सामान्य हुनुहुन्छ र स्वास्थ्यमा खतरा छैन’, निधिले भन्नुभयो । भेटका क्रममा गिरिले आफूले नियमित स्वास्थ्य परीक्षण गराइरहेको र अहिले घाँटीको ट्युमरमा केन्द्रित रहेर फलोअप गरिरहेको निधिलाई भन्नुभएको थियो ।

गिरिको मुम्बईस्थित हिन्दुजा अस्पतालमा डा. सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरिरहेको छ । भेटमा प्रदेश २ का ऊर्जामन्त्री ओमप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेलगायत उपस्थित हुनुहुन्थ्यो ।

ट्युमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । चिकित्सकहरूले अन्य स्वास्थ्य परीक्षण पनि गरिरहेकाले रिपोर्ट हेरेर थप उपचार गरिने बताइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई जानुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -