काठमाडौँ, २ भाद्र २०७८ । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।
काठमाडौको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलोपटक आह्वान गरिएको केन्द्रीय बैठकमा ८० प्रतिशतभन्दा बढी सदस्यहरु सहभागी भएका छन् ।
आजको बैठकले पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरूको परिचालन, समन्वय, अनुगमन, मूल्याङ्कन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्ने बताइएको छ ।








































