Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१५:५४ बिहान
- ADVERTISEMENT -

क्रियाशील सदस्यता विवादको किनारा आगामी बुधबारसम्म लगाइने

प्रकाशित मिति: २०७८ भदौ १, मंगलबार

354
Shares

काठमाडौँ, १ भाद्र २०७८ । नेपाली काँग्रेसमा थाती रहेको क्रियाशील सदस्यता विवादको किनारा आगामी बुधबारसम्म लगाइने भएको छ ।

काँग्रेसले महाधिवेशनमा मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको विवाद किनारा लगाएर भदौ ३ गते पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रतिवेदन बुझाउने योजना रहेको जानकारी दिएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको साउन ३० गते सम्पन्न बैठकले विवादको किनारा लगाउने जिम्मेवारी र समयसमेत तय गरेकाले अब निर्धारित समयमा काम पूरा हुने जानकारी दिनुभयो । यसका लागि केन्द्रीय समितिले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदललाई जिम्मा दिएको छ । कार्यदलले अब दुई दिनभित्र विवाद समाधान हुन बाँकी रहेको जिल्लाको छिनोफानो लगाउनेछ ।

केन्द्रीय समितिले यसअघि नेता लेखक संयोजकत्वको छानबिन समितिले प्रस्तुत गरेको प्रतिवेदन अनुमोदन गरिसकेकाले छिनोफानो हुन बाँकी रहेका विषय केन्द्रीय समितिमा प्रस्तुत गरिरहनु नपर्ने मुख्य सचिव पौडेलले स्पष्ट गर्नुभयो । सभापतिलाई प्रतिवेदन बुझाएपछि नै त्यसले अन्तिम रूप पाउनेछ । सभापति देउवाले क्रियाशील सदस्यताको एकमुष्ट सूची पार्टीको निर्वाचन समितिलाई प्रस्तुत गर्नुभएपछि समितिले निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।

छ जिल्लाको बाँकी

पूर्वमहामन्त्री सिटौला नेतृत्वको छानबिन समितिले मुख्य रूपमा छवटा जिल्लाको क्रियाशील सदस्यताको विवादबारे छिनोफानो गर्नेछ । प्रदेश २ का धनुषा, सर्लाही, सप्तरी र बारा तथा बागमतीको रसुवा र सिन्धुपाल्चोकको विवाद छिनोफानो गर्न बाँकी छ । बाँकी जिल्लाको विवाद छानबिन कार्य यसअघि नै पूरा भइसकेको छ ।

काँग्रेसले यस पटक आठ लाख ५२ हजार ७११ जना कार्यकर्तालाई क्रियाशील सदस्यता दिने भएको छ । तिनमा चार लाख नौ हजार ३२ जनाको पुरानो क्रियाशील सदस्यता नवीकरण गरिएको छ भने चार लाख ४३ हजार ६७८ जनाले नयाँ क्रियाशील सदस्यता पाएका छन् । केही जिल्लाको विवाद अझै निष्कर्षमा पुग्न बाँकी रहेकाले सामान्य थपघट हुन सक्नेछ । क्रियाशील सदस्यताको विवाद छिनोफानो गरी आगामी भदौ १८ बाट गाउँपालिका तथा नगरपालिकाको वडा अधिवेशन प्रारम्भ गर्ने कार्यतालिका काँग्रेसले सार्वजनिक गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -