काठमाडौँ, शनिबार, ३० साउन २०७८ । सत्तारुढ नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन्।
प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टी विधानमा रहेको व्यवस्थामा असन्तुष्टि व्यक्त गर्दै आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामा दिने घोषणा गरेका हुन्।
पदाधिकारी र केन्द्रीय सदस्यहरु चाहिँ सिधै महाधिवेशनमा जान पाउने तर आमन्त्रित केन्द्रीय सदस्यलाई मात्रै महाधिवेशन प्रतिनिधिका लागि बुथमा गएर चुनाव लड्ने नियम राखिएकामा उनीहरुले आपत्ति जनाएका थिए ।
यी हुन् सामूहिक राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्य
१. नन्दनकुमार दत्त (सुनसरी)
२. कुमार खड्का (कास्की)
३. बालकृष्ण पाण्डेय (नेजस भारत)
४. आनन्द (गोरख) विष्ट (नेजस अमेरिका)
५. नरेन्द्रकुमार चौधरी (सुनसरी)
६. हसन अन्सारी (मोरङ)
७. किरणराज शर्मा पौडेल (बाग्लुङ)
८. रमा कोइराला पौडेल (सुनसरी)
९. कृष्णकिशोर घिमिरे (दाङ)
१०. गोपालकुमार बस्नेत (झापा)
११. सुधीरकुमार शिवाकोटी (झापा)
१२. मनोहरनारायण श्रेष्ठ (धनकुटा)
१३. ध्रुव वाग्ले (तनहुँ)
१४. मोहनसिंह राठौर (कैलाली)
१५. शम्भुलाल श्रेष्ठ (सर्लाही)
१६.अभिषेक प्रताप शाह (कपिलवस्तु)
१७. दयाराम पाण्डे (लम्जुङ)
१८.जनकराज कलौनी (डडेल्धुरा)
१९. भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)
२०.दिलीप राई
२१.आशाराम चौधरी
२२.राजेन्द्रबहादुर सिंह








































