Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:३६ बिहान
- ADVERTISEMENT -

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

प्रकाशित मिति: २०७८ साउन २८, बिहीबार

339
Shares

काठमाडौँ, बिहिबार, २८ साउन २०७८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न मिति तोकिए पनि उक्त समयमा गर्न सम्भव नदेखिएको भन्दै महाधिवेशन सार्नुपर्ने नेताहरुले कुरा उठाएका छन् ।

स्रोतका अनुसार बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शीर्ष नेताहरुबीच भएको महाधिवेशनको नयाँ मितिबारेको छलफलमा भदौमा नभएर मंसिरमा प्रक्रिया शुरु गर्ने प्रस्ताव आएको थियो । तर महाधिवेशन धेरै पर धकेल्ने पक्षमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहमत देखिएका छैनन् । उनीहरुले भदौमा नै प्रक्रिया थाल्नु पर्ने भनेका छन् ।

कांग्रेसमा महाधिवेशन अगाडिको मुख्य कार्यभार भनिएको क्रियाशील सदस्यताले नै पूर्णता पाएको छैन । अझैसम्म पनि बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन । यस्तै सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवामा पनि सदस्यताको विवाद कायमै छ । साथै, अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन । ७७ जिल्लाबाट प्रत्येक वडाका लागि मतदान अधिकृत तोक्ने काम नै बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -