Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५६:५२ बिहान
- ADVERTISEMENT -

कञ्चन पत्रकारिता पुरस्कार :शान्ति गुरुङ र केबी राना पुरस्कृत

प्रकाशित मिति: २०७८ साउन २८, बिहीबार

344
Shares

पोखरा, बिहिबार, २८ साउन २०७८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पोखरामा २ जना पत्रकार पुरस्कृत हुनु भएको छ । फोनिजको २२ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खडकबहादुर कुमाल, पुरस्कारदाता बिमलमान गुभाजु, फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबी आस्थालगायतले नगद २५÷२५ हजार सहित दोषल्ला र सम्मापत्रले सम्मान गर्नु भएको थियो ।

आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाएबापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।

सम्मानित गुरुङ लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरमा कार्यरत हुनुहुन्छ । उहाँ पत्रकारितासँगै गायन क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । सामाजिक भावनाकी गुरुङ विभिन्न संघ संस्थामा विभिन्न पदमा रहेर काम गर्दै आउनु भएको छ ।

नवलपुरका रानासँग रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिक लगायत दर्जनौ मिडिया हाउसमा कार्य अनुभव छ । मध्य नेपालमै पहिलो स्थानीय टेलिभिजन देवचुली टेलिभिजनको संस्थापक, सामुदायिक रेडियो मध्यविन्दु एफ एमको संस्थापक तथा तथा स्टेशन संयोजक तथा सल्लाहकार लगायत धेरै सामाजिक संस्थामा विभिन्न पदमा रहेका काम गर्दै आउनु भएको छ ।

सम्मानित भएपछि पत्रकारद्वय गुरुङ र रानाले पुरस्कारले पत्रकारिताको क्षेत्रमा कलम चलाईरहन थप हौषला प्रदान गरेको बताउनु भयो । साथै, उहाँहरुले जीवनपर्यन्त कलम चलाईरहने बाचा समेत गर्नु भयो । रानाले पुरस्कार वापत पाएको २५ हजारमा उती नै रकम थपेर आफ्नी ५ महिने छोरीको सम्झनामा कोरोनाबाट ज्यान गुमाएका तथा पिडित बालबालिका तथा परिवारलाई सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।

पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुसहित उहाँको परिवारले पिता स्वर्गिय वेदमान गुभाजु र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरिएको पुरस्कार दोस्रो पटक अर्पण गरिएको हो । कार्यक्रममा गुभाजु परिवारले पुरस्कारका लागि थप १ लाख अक्षय कोषमा थप्ने घोषणा गरे । अब पुरस्कारको अक्षयकोष ७ लाख पुगेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको सम्पती जनजाती, धर्म, संस्कृति प्रदेशको गहना भएका कारण विषेश रुपमा स्थान दिइएको बताउनु भयो । प्रदेशमा भएका धर्म संस्कतिलाई समेट्दै धार्मिक पर्यटनमा जोड दिएको उहाँको भनाइ थियो ।

गुरुङ जातीको उद्गम थलो क्होलासोंथार, लिगलिगकोट जस्ता महत्वपूर्ण स्थानहरुलाई विश्व सम्पदा सुचीमा राख्न पहल भइरहेको उहाँले जानकारी दिनुभयो । आदिवासी जनजाती पक्षबाट आउने सुझावलाई सकरात्कम रुपमा लिंदै त्यसैको आधारमा अगाडि बढ्ने उहाँको भनाई थियो । एक फरक प्रशंगमा प्रदेशको विकाश निर्माण र समृद्धिका पाटाहरु केही समय थाती राखेर जनताको स्वास्थ्यमा प्रदेश सरकार लागिपरेको उनको धारणा थियो ।

पहिलो चरणमा नि:शुल्क खोपका लागि बजेट छुट्याएपनि सिधैं प्रदेशले खोप ल्याउन पाउने अधिकार नभएका कारण संभव नभएको मुख्यमन्त्री पोखरेलले बताउनु भयो । तथापी संघ सरकारसँग समन्वय गरी प्रदेशका जनतालाई पूर्ण खोप सुनिश्चित बनाउने अभियान जारी रहेको उहाँको भनाई छ ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खड्गबहादुर कुमालले पुरस्कृत व्याक्तित्वलाई बधाइ दिदैं फोनिजलाई यस्तो किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

प्रदेश सरकारसँग धेरै अपेक्षा अनुरोध भएपनि पुरा गर्न गाह्रो हुने उहाँको धारणा थियो । प्रदेश सरकारले फोनिज गण्डकीका लागि ५ लाख रुपैयाँ रातो किताबमा राखेकोमा खुसी व्यक्त गर्नुभयो । रकम सानो भएपनि सिड मनीको रुपमा राखेर राम्रा राम्रा कार्यक्रम ल्याउन सके पछिल्ला दिनमा सहज हुने बताउनु भयो । यो पटक रातो किताबमा राखिएको शिर्षक आगामी वर्षहरुमा कुनै पनि सरकाले कुनै पनि बहानामा हटाउन नसक्ने उहाँले बताउनु भयो ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार महासंघ र फोनिज सँगसँगै रहेको बताउनु भयो । स्थानिय, प्रदेश र केन्द्र सरकारले आदिवासी जनजाति, महिला, बालबालिकाका लागि बजेट छुट्याउन हात कमाउन नहुने धारणा व्यक्त गर्नु भयो । आदिवासी जनजातिको मुद्धालाई साझा मुद्धा बनाएर आवाज उठाउन नेपाल पत्रकार महासंघ फोनिजसँगै रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा फोनिज गण्डकी प्रदेशका इन्चार्ज हुमबहादुर गुरुङले पुरस्कृति व्याक्तित्वद्वयको परिचय दिदै फोनिजको स्थापनाको औचित्य माथि प्रकाश पार्नु भएको थियो । फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष दील शिरिषले पुरस्कारदाताहरुको सहयोगी मनकै कारण पुरस्कार सम्भव भएको बताउनु भयो । पछिल्लो समय पुरस्कारको अस्वस्थ प्रतिस्पर्धाका बिच फोनिजले पुरस्कारलाई कुनै त्रुटी बिना संचालन गरेको उहाँको भनाइ थियो । फोनिज गण्डकी प्रदेशका महासचिव रुद्र शिरिष मगरले फोनिजको स्थापना दिवशमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा आदिवासी जनजातीको मुद्धामा पत्रकारहरु खरो रुपमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -