काठमाडौँ, बिहिबार, २१ साउन २०७८ । नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत हरेक बर्षमा देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आइरहेको छ ।
यस वर्षा बाट ५ जना सुन्दरीहरुलाई इन्टरनेसनलमा भिड्न पठाउने भएको छ । सहभागीले भदौ १५ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ ।
राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस्स ग्रान्ड नेपालको अध्यक्ष राम के सीले जानकारी गरउनु भयो । पछिल्लो तीन वर्षदेखि लगातार रुपमा आयोजना गरि राहेको यो प्रतियो गीतामा स्थानीय र प्रदेशमा रहेका युवतीहरुलाई पनि सहभागी गराउने उद्देश्यले साउन २० देखि भाद्र ११ सम्म नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र झापामा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने जानकारी दिनुभयो ।
अन्तिम अडिसनका लागि भने होटल नेपालयमा भदौ १९ मा गरिने श्री प्रसाद शर्माले बताउनु भयो ।
कार्यक्रमको फारम आउदो साउन २० गते बाट देश भर खुल्ला गरिने छ भने अडिसन, पोखरा, बिराटनगर ,बुटवल, चितवन, धरान ,लागाएतका विभिन्न सहर हरुमा हुने र मेगा अडिसन काठमाडौँमा गरिने आयोजक संस्थाले जानकारी दिदै ,छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपउक्त कक्षाबाट तालिम प्रदान गर्दै असोजको दशैंको घटस्थापनाका दिन गरिने बताउनु भयो ।
अडिसन स्थान हुने र मिति
साउन २८ गते पाल्पा
साउन ३० गते पोखरा
भदौ ३ गते चितवन
भदौ ५ गते बिराटनगर
भदौ ९ गते धारन
भदौ १३ गते बुटवल
भदौ १५ गते हेटौडा
भदौ २० गते काठमाडौँ








































