Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:०३ बिहान
- ADVERTISEMENT -

कांग्रेस क्रियाशील सदस्यताको विवाद: समितिले त्रुटी सच्यायो

प्रकाशित मिति: २०७८ साउन १४, बिहीबार

400
Shares

काठमाडौं, बिहिबार, १४ साउन २०७८। नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको बाँकी विवाद समाधान गर्न पदाधिकारीलाई जिम्मा दिंदै क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिमा टुंगो नलागेका वडाहरुको विवाद वाहेक विवरणमा देखिएका त्रुटीहरु सच्याएर प्रतिवेदन बुझाइएको हो । बिहीबार समितिले दोस्रो पटक प्रतिवेदन बुझाएको हो ।

बिहीबार बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले सदस्यताबारे विवाद रहेका वडाको समस्या समाधान गर्न पाँच दिनको समय माग गरेको पनि लेखकले जानकारी दिए । ‘पदाधिकारीहरुकै परामर्शमा बनेको मापदण्ड अनुसार २४ घन्टाको समय थप गरी विवरणमा देखिएका त्रुटीहरु सच्याएर प्रतिवेदन बुझाएका हौं । बाँकी विवाद टुङ्याउन पदाधिकारीहरुकै जिम्मा,’ लेखकले भने ।

छानविन समितिका प्रवक्ता प्रदिप पौडेलले आफूहरुले तयार पारेको प्रतिवेदनका त्रुटीहरु मात्र सच्याउने भनेकाले त्यो काम सकेर जिम्मेवारी पूरा गरेको बताए । प्रवक्ता पौडेलले हाम्राकुरासँग भने,‘छानबिन समितिभित्र एकमत नभएका विषय पदाधिकारी स्तरबाट टुंग्याउने मापदण्ड पहिल्यै बनेको थियो । त्यसैले पदाधिकारी स्तरबाट खोज्नुपर्ने समस्याको पहिचानसमेत गरी प्रतिवेदन बुझाएका हौं ।’ करिब एक सय वडाको समस्या समाधान गर्न नसकेको पौडेलले बताए ।

समितिले प्रतिवेदन बुझाए पनि सर्लाही, धनुषा, बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा जिल्लाका केही वडाको विवाद कायमै छ । क्रियाशील सदस्यताको विवाद समाधान नहुँदा कांग्रेसको महाधिवेशन कार्यतालिका भने प्रभावित बनेको छ। साउन १२ का लागि तोकिएको वडा अधिवेशन अनिश्चित बनेको छ ।

प्रतिवेदन अनुसार हालसम्म आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्यता फाइनल भएको छ । अब विवाद रहेका वडा र विदेशस्थित जनसम्पर्क समितिको सदस्यता तथ्याकं आएपछि कुल सदस्यता संख्या टुंगो लाग्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -