काठमाडाैं, बुधबार, १३ साउन २०७८ । सरकारमा सहभागी दलका नेता तथा प्रतितिधिहरूकाे बैठक बालुवाटारमा शुरू भएकाे छ ।
साे बैठकमा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला रहनुभएकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
त्यस्तै बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रवक्ता नारायणकाजी श्रेष्ठ ,जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोककुमार राई सहभागी हुनुहुन्छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, एमाले माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी रहेको जनाइएकाे छ ।








































