परासी, १० साउन २०७८ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झ’गडा गर्दा पाँच महिने बालिकाको ह’त्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झ’गडामा परी पाँच महिने बालिकाको ज्या’न गएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मा’दक पदार्थ से’वन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।
पिँढीमा फालिएर ग’म्भीर घा’इते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको गिरीले बताए । घ’टनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई क’र्तव्य ज्या’न कसुरमा मु’द्दा अगाडि बढाइएको गिरीले जानकारी दिए ।








































