काठमाडौँ, बिहिबार, ७ साउन २०७८ । गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल सद्भावना दूतमा नियुक्त हुनु भएको छ ।
सरकारले गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सपुत र दुलाललाई गीत संगीतको माध्यमबाट समुदायमा विपद् सम्बन्धी जनचेतना अभिवृद्धि गर्न ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको हो ।








































