काठमाडौँ, बुधबार, ६ साउन २०७८ । इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल अज्हा” (बकर इद) को अवसरमा गृहमन्त्री बालकृष्ण खाणले शुभकामना ब्यक्त गर्नु भएको छ ।
“ईद उल अज्हा” (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
साथै, यस पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको बताउनु हुदैं मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको बताउनु भयो ।









































