दमौली, ३ साउन २०७८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा आफ्ना पक्षमा चुनावी माहोल बनिरहेकाले आसन्न पार्टी महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सघाउन तनहुँका केन्द्रीय नेताहरुसँग आग्रह गरेका छन् ।
राजधानीमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुलाई बोलाएर उनले सहयोग मागेका हुन् । बैठकमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले सहभागी थिए ।
भेटमा पौडेलले गरेको आग्रहमा नेताहरुले सकारात्मक जवाफ दिएको उनका सहयोगी चिरञ्जिवी अधिकारीले बताए ।








































