गोरखा, २ साउन २०७८ । नेपाल रेडक्रस सोसाइटी ताङ्लीचोक उपशाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।नेपाली कॉंग्रेस गोरखा पूर्व ज़िल्ला सदस्य परशुराम पन्तको बिशेष पहलमा कन्सनटेटर उपलब्ध गराइएको हो । साथै, उक्त अबसरमा कृष्ण पन्तको उपस्थित रहेको थियो ।
गण्डकी गाउँपालिका २ स्थित ताङ्लिचोक स्वास्थ्य चौकी र वडा नं. १ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गर्ने गरी दुई थान अक्सिजन कन्सन्ट्रेटर, मास्क, ग्लोब्स, सेनिटाइजर र पिपिई हस्तान्तरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी ताङ्लिचोक उपशाखाका अध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा शनिबार आयोजित एक कार्यक्रममा बीच नेपाली काङ्ग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेद्वारा उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।









































