काठमाडौँ,२९ असार २०७८ । नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड गृहमन्त्री बन्ने भएका छन् ।
काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृत्वकाे सरकारमा खाँड गृहमन्त्री बन्ने भएका हुन् । देउवाले आजै साँझ ६ बजे पद तथा गोपनियताको शपथ लिँदैछन् । शपथ लिएलगत्तै देउवाले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन् । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइने तयारी छ ।








































