काठमाडौं, मंगलबार, २९ असार २०७८ । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै टुंगो लगाउने भएको छ ।
मंगलबार पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको हो । देउवासँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेपछि मात्र मन्त्रीबारे टुंगो लाग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
‘माओवादी केन्द्र सरकारमा सहभागि हुन्छ, त्यसका लागि मन्त्री तोक्ने जिम्मा अध्यक्ष कमरेडलाई दिएका छौँ, उहाँले देउवाजीसँग कुरा गरेर सरकारमा को-को जाने भनेर टुंगो लगाउनुहुन्छ ।’ श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने ।








































