काठमाडौँ, सोमबार, २८ असार २०७८ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि गठबन्धनको बैठक आह्वान गरिएको छ ।
देउवाले साँझ पाँच बजे सिंहदरबारस्थित संसदीय दलमा गठबन्धनको बैठक बोलाएको नेपाली कांग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।
‘सभापति देउवाले पाँच बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक संसदीय दलको कार्यालयमा बोलाउनु भएको छ,’ उहाँले भन्नुभयो।








































