काठमाडौँ, सोमबार, २८ असार २०७८ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ औँ वर्षमा प्रवेश गरेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सकारात्मक र सबल हुँदै” भन्ने मूल नाराका साथ १५औँ वार्षिकोत्सव आफ्नै कार्यालय सिटी एक्सप्रेस कम्प्लेक्स, कमलादीमा सानो समारोह बीच सम्पन्न गरेको छ ।
उक्त समारोहमा “न एती न उति सिधै लखपति” योजनाको विजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई दस लाखको चेक हस्तान्तरण गरेको छ ।








































