काठमाडौं, आइतबार, २७ असार २०७८ । नेकपा एमालेमा लागेका पूर्व-माओवादी नेताहरूले माओवादी केन्द्र अ’वैधानिक रहेको दा’बी निवेदन निर्वाचन आयोगले खा’रेज गरिदिएको छ ।
माओवादी परित्याग गरेर एमालेतिर गएको रामबहादुर थापा बादल समूहका टोपबहादुर रायमाझी, प्रभु साह, लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायत नेताहरुले अधिवक्ता सरोज बुढाथोकीमार्फत् असार २३ गते दल अवैधानिक रहेको भनी दिएको निवेदन आयोगले खारेज गरिदिएको हो ।
आइतबार बसेको आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुको बैठकले माओवादी केन्द्र वै’धानिक रहेको ठहर गरेको हो ।
यस्तै, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर निर्वाचन आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज गरिदिएको छ ।
त्यसरी अन्य दलको ले’टरप्याडको दुरुपयोग न’गर्न आयोगले पराजुलीलाई सचेत समेत गराएको छ ।








































