काठमाडौं, आइतबार, २७ असार २०७८ । सत्तारुढ दल नेकपा एमाले भित्रको समस्या समाधान गर्न गठित कार्यदलले आज औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्न तयार पारेको दस्तावेजलाई सार्वजनिक गर्ने भएको छ ।
शनिबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै संस्थापन पक्षीय कार्यदलका संयोजक सुवास नेम्बाङले भने, ‘हामीले साह्रै मेहनतकासाथ काम टुङ्ग्याएका छौं । आइतबार विहान तपाईहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ।’
त्यस्तै नेपाल पक्षीय कार्यदलका सदस्य गोकर्ण विष्टले पनि समस्या लगभग समाधानको अवस्थामा पुगेको र अब त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए ।








































